मकवानपुरका एम्बुलेन्समा जिपिएस सिस्टम जडान गरिने
मकवानपुर । मकवानपुरमा संचालनमा रहेका एम्बुलेन्सहरुमा जिपिएस प्रविधि जडान गरिने भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एम्बुलेन्स संचालक समिति र सरोकारवालाहरुको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा विरामीलाई अस्पतालसम्म लैजानको लागि एम्बुलेन्स नपाइने गुनासो बढे पछि एम्बुलेन्सहरुमा जिपिएस प्रविधि जडान गरि निगरानि गरिने भएको हो ।
सो प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन अवस्थामा छ भन्ने विषयमा सजिलै जानकारी प्राप्त हुने र एम्बुलेन्सका चालकले यात्रु बोकेको वा गैरकानूनकी काम गरेको अवस्थामा थाहा लाग्ने भएकोले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
सुरुवाती चरणमा मकवानपुरका ३५ वटा एम्बुलेन्सहरुमा सो प्रविधि जडान गरिने र आवश्यकता अनुसार थप एम्बुलेन्सहरुमा पनि जडान गरिने बताइएको छ ।
हेटौंडामा संचालनमा रहेका एम्बुलेन्सका चालकहरुलाई आपत परेर सम्पर्क गर्दा चालकले विभिन्न बहानामा पन्छिने गरेका छन् ।










