दिव्यताराको सेवा ललितपुरमा पनि सुरु

प्रदेशकै उत्कृष्ट सहकारी बनाउने लक्ष्य: डीना
हेटौडा न्युज
१७ कार्तिक २०७७, सोमबार १७:०२
;

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ललितपुर जिल्लामा पनि आफ्नो सेवा सुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमका बीच ललितपुरको धोबिघाटबाट सेवा सुरु गरेको हो ।

बागमती प्रदेशलाई नै कार्यक्षेत्र बनाएर अघि बढेको सहकारीको सेवा विस्तार गर्ने क्रममा ललितपुरबाट पनि सेवा सुरु गरिएको हो । सहकारीले गर्दै आएको काम र सहकारीको अवस्थाको बिषयमा अध्यक्ष महालक्ष्मी डीना उपाध्यायले कार्यक्रमका सहभागीलाई जानकारी गराएकी थिइन् ।

२०५५ सालमा स्थापना भएको दिव्यताराले मकवानपुरलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका थियौं । जिल्लामा ९ वटा शाखामार्फत सेवा दिदै आएकोमा अब प्रदेशभरी सेवा दिन स्वीकृति पाएका छौँ, अध्यक्ष डीनाले भनिन्, ललितपुरबाट सेवा सुरु गरेका छौं । १९ गतेदेखि चितवनमा पनि कार्यालय सन्चालन गरि सेवा दिँदैछौँ । दिव्यतारालाई प्रदेशकै नम्बर एक सहकारी बनाउने हाम्रो उधेश्य हो ।

ललितपुरमा सन्तोष खड्कालाई सहकारीको संयोजक तोकिएको छ । मकवानपुरमा १० हजार शेयर सदस्य रहेको दिव्यताराले सामुदायिक रेडियो, रेडियो मकवानपुर, तोरीको तेल उधोग र उपभोक्ता सहकारी पसल सन्चालन गरिरहेको छ भने गोलभेंडा प्रशोधन केन्द्र र सावुन उधोग सन्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

सहकारीको कारोबार साढे ३ अरब रहेको छ भने एक अरब पुजी रहेको छ । बहुउद्देश्यीय सहकारी भएकोले बहुआयामिक क्षेत्रमा काम गरिरहेको अध्यक्ष डीनाले जानकारी दिइन । कार्यक्रममा सहकारीका व्यवस्थापक रमेश कोइरालाले सहकारीको अवस्थाको बिषयमा जानकारी गराएका थिए ।

ललितपुर जिल्ला संयोजक सन्तोष खड्काले दिव्यतारालाई मकवानपुरमा जस्तै सफल बनाउने लक्ष्य रहेको बताए ।

कार्यक्रममा सहकारीका सचिव गणेश भेटवाल, कोषाध्यक्ष इश्वर पण्डित, कार्यसमिति सदस्य एवम् रेडियो मकवानपुर संचालक समिति अध्यक्ष आनन्दराम पराजुली, सल्लाहकार दिनेश उपाध्याय, रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी लगयातको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*