मनहरीका विद्यालयमा नियमित पठनपाठन सुरु

हेटौडा न्युज
१७ कार्तिक २०७७, सोमबार १७:४१
;

मकवानपुर । देशमा लकडाउन भएसंगै रोकिएको विद्यालयको नियमित पठनपाठन अझैसम्म पनि सुरु हुन सकेको छैन । सरकारको निर्णयको पर्खाइमा रहेका विद्यालय अन्यौलमा रहेका छन् भने कतिपय विद्यालयहरुले सुरक्षका विधि अपनाएर पठनपाठन सुचारु गरेका छन् ।

त्यस्तै मकवानपुरको मनहरी गाउँपालिकाका विद्यालयहरुले पनि नियमित पठनपाठन सुरु गरेका छन् । हिजो कात्तिक १६ गते गाउँपालिका र विद्यालयका प्रधानाध्यापकको छलफल पछि आज सोमबारबाट विद्यालयहरुले पठनपाठन सुचारु गरेका हुन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सुरक्ष मापदण्ड अपनाएर पठनपाठन सुचारु परिएको मनहरी गाउँपालिकाले जनाएको छ ।

विद्यार्थीबीच भौतिक दूरी कायम गरी सीमित विद्यार्थी राखेर पठनपाठन सुचारु गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

विद्यालयले आधा विद्यार्थीलाई एकदिन र आधा विद्यार्थीलाई अर्को दिन कक्षा सञ्चालन गर्ने गरी पठनपाठन सुचारु गरेको हो ।

मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय र ८ वटा संस्थागत विद्यालय रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*