नवलपुरमा सुख्खा पहिरो, ५ जनाको मृत्यु
नवलपरासी । नवलपरासीम सुख्खा पहिरो खस्दा ५ जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत नवलपुर खण्डमा सुख्खा खसेकाे पहिराेमा पुरिएर पाँच जना मजदूरको मृत्यु भएको हो ।
नवलपुरको बुलिङ्टार गाउँपालिकामा पर्ने सडक खण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला बुधबार साँझ पहिराे खस्दा त्यहाँ कार्यरत पाँच जना मजदूरहरू पुरिएका हुन् ।
मृत्यु हुनेमा सबै नवलपुर बुलिङ्टार–४ का रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली, २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेका छन् ।
पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् । उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेकाे र उपचारका लागि चितवनको भरतपुरमा पठाएको प्रहरीले जनाएको छ ।
पहिरामा पुरिएका पाँचै जनाकाे शव इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो ।










