लागुऔषधसहित हेटौंडाबाट २ जना पक्राउ
मकवानपुर । लागुऔषधसहित हेटौंडाबाट २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगर, हेटौंडाबाट खटिएको टोलीले लागुऔषधसहित हेटौँडा–१५ बाट दुईजनालाई पक्राउ गरेको हो।
बिहीबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रोतोमाटेमा जनकपुरबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ७२२६ नम्बरको यात्रुबाहक बसलाई रोकि चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रौतहट चन्द्रपुर–२ का २१ वर्षीय दुधराज पाख्रिन रहेको प्रहरीले जनाएको छ । पाख्रिनको साथबाट ६ सय पिस लागुऔषध नाइट्रोभेट पक्राउ गरेको हो।
त्यसैगरी बाराको कलैयाबाट काठमाडौं जाँदै गरेको ना १ ज ५६५७ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्दा २८ बर्षीय बाराका सतिस कुमार चौधरीलाई १ सय ५३ पिस नाइट्रोभेट सहित पक्राउ गरेको छ ।
पक्राउ परेका उपर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।










