लायन्स क्लबको एरिया भेला हेटौंडामा सुरु

हेटौडा न्युज
२२ कार्तिक २०७७, शनिबार १२:०२
;

मकवानपुर । लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालको डिक्ष्ट्रिक्ट गभर्नर र एरिया चिफहरुको भेला हेटौंडामा सुरु भएको छ । दुई दिनेसम्म चल्ने सो भेलाको एक कार्यक्रमका बिच हेटौँडामा उद्घाटन गरिएको हो ।

कोरोना महामारीका बिच सामाजिक सेवामा लागिरहेको डिष्ट्रिक्टका ७ वटा एरियाका चिफहरुलाई हेटौंडामा भेला गराई हालसम्म भएका कार्य प्रगती र चुनौतीका बारेमा छलफल हुने जनाइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका गभर्नर शम्भु नकर्मीले कोरोनासंग जुध्दै समाजमा लायन्स र लायन्य क्लबबा सदस्यहरुले पु¥याईरहेको योगदानको प्रंशसा गरे ।

आफ्नो कार्यकालको ४ महिनाको अवधिमा उल्लेखनीय प्रगति गर्न सफल भएकोमा उनले सम्पुर्णलाई आभार प्रकट गरे ।

लायन्सको इतिहाँसमा नै पहिलो पटक लक्ष्य भन्दा धेरै प्रगति गर्न सकेको लायनस क्लब इन्टरनेशनल ३२५ बी २ नेपालकी सचिव टासिडोल्मा तुङ्वाहाङ्फेले बताइन् ।

दुई दिन सम्म संचालन हुने भेलामा एरिया चिफहरुको रिपोर्ट प्रस्तुती र आगामी रणनीति समेत निर्माण गरिने बताइएको छ ।

लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपाल रिजन १३ को रिजन चियर पर्शन लायन माधव पोख्रेलको सभाध्याक्षतामा भएको कार्यक्रममा गभर्नर शम्भु नकर्मी, प्रथम भाइस गभर्नर राम प्रसाद भट्ट, सचीव तासि तुम्बाहाङफे, डिस्ट्रिकका पदाधिकारीहरु, एरिया चिफहरु, रिजन चियर प्रसनहरु,लायन्स तथा लियो क्लबका अध्यक्ष तथा पदाधिकारी लगायतको आथित्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*