काठमाडौंमा सुरक्षा गार्ड र सहचालक बिच झडप

हेटौडा न्युज
२२ कार्तिक २०७७, शनिबार १२:१५
;

काठमाडौं । बस पार्किङको विषयमा विवाद हुँदा सुरक्षा गार्ड र सहचालकको एक समूहबीच झडप भएको छ । काठमाडौंको नयाँ बसपार्कमा बस पार्किङको विषयमा विवाद हुँदा सुरक्षा गार्ड र सहचालकको एक समुह बिच झडप भएको हो ।

नयाँ बसपार्कमा बस पार्किङको विषयमा विवाद हुँदा त्यहाँ कार्यरत दुई सुरक्षा गार्डले एक सहचालकलाई हातपात गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसपार्कमा कार्यरत सुरक्षा गार्ड लमजुङका ३८ वर्षीय सुनबहादुर गुरुङ र चितवनका ३३ वर्षीय सुरेन्द्र श्रेष्ठले ती सहचालकलाई हातपात गरेका थिए ।

उनीहरुले सहचालकमाथि हातपात गरेपछि अन्य सहचालक समेत आएर सुरक्षाकर्मीसँग विवाद गर्न थालेपछि दुई पक्षीय झपड भएको प्रहरीको भनाइ छ ।

सहचालकलाई कुटपिटमा संलग्न दुई सुरक्षा गार्डलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी हस्तक्षेपपछि अवस्था सामान्य बनेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*