मकवानपुरको मनहरीमा गुडिरहेको गाडीमा आगलागी
मकवानपुर । मकवानपुरको मनहरीमा गुडिरहेको यात्रुबाहक सवारीमा आगलागी भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गतको मनहरी-७ रमन्टारमा गुडिरहेको यात्रुबाहक हायस गाडीमा ब्याट्री सर्ट भई आगलागी भएको हो ।
मनहरी ज्यामिरेबाट नारायणगढतर्फ जाँदै गरेको बा २ ख २५५६ नम्बरको हायस गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीबाट गाडी पुर्ण रुपमा जलेर नष्ट भएको छ।










