मकवानपुरगढी गाउँपालिकामा देउसी भैलो खेल्न रोक

हेटौडा न्युज
२६ कार्तिक २०७७, बुधबार १६:१२
;

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले कोरोना जोखिम कायमै रहेको भन्दै यस वर्ष तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ । गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणका कारण यस वर्षको तिहारमा देउसीभैलोमा रोक लगाउने निर्णय गरेको हो ।

गाउँपालिकाले पम्परादेखि चल्दै आएको तिहारको देउसी भैलो नखेल्न गाउँवासीमा आग्रह गरेको छ ।

गाउँपालिकाले तिहार घर परिवारका सदस्य बीच मात्र मनाउन र सार्वजनिक स्थलमा सामूहिक भेटघाट तथा देउसी भैलोलगायतका क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

सार्वजनिक स्थलमा भिडभाड गर्ने, पिङ, लङ्र्गुरबुर्जा लगायतका खेलहरु खेल्न, खेलाउन नपाइने, जुवा,तास, ध्रमपान, मध्यपानलगायतका कार्य नगर्न आग्रह गर्दै गाउँपालिकाले अटेर गर्नेलाई कारबाही गर्ने समेत जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*