मकवानपुर । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गोकर्ण गौतमको निधन भएको छ । मकवानपुर स्थायी घर भएका गौतमको आज विहान न्यूरो अस्पतालमा निधन भएको हो ।
मकवानपुरको बकैया गाउँपालिका, छतिवन घर भएका गौतम काठमाडौंमा बसी पत्रकारितामा सक्रिय रहेका थिए । यसअघि देशान्तर लगायतका पत्रिकामा गौतम कार्यरत थिए ।