कोरोना संक्रमणका कारण हेटौंडामा थप एक जनाको मृत्यु
मकवानपुर । कोरोना भाइरस संक्रमणका कारण हेटौंडामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हेटौंडा– ५ की ६४ वर्षीया एक महिलाको मृत्यु भएको हो ।
शुक्रबार बिहान मृत्यु भएकी ती महिलामा गत कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकको घरमा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टसहितको टोली पुगेको जनाएको छ ।
उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भईरहेको जनाएको छ ।
यो सँगै मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।










