हेटौंडाको शिवम् सिमेन्ट उद्योगमा आगलागी

हेटौडा न्युज
६ मंसिर २०७७, शनिबार ११:३७
;

मकवानपुर । हेटौंडाको शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । शनिबार बिहान हेटौंडा–१६ लक्ष्मीपुरमा रहेको उद्योगमा आगलागी भएको हो ।

प्रहरीका अनुसार, सिमेन्ट उद्योगको कोइला च्याम्बरमा आगलागी भएको हो ।

उद्योगमा बिजुली सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय, प्रहरी, उद्योग कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ।

उक्त आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*