प्रधानमन्त्रीसंगको भेटपछि तीन सुरक्षा निकाय प्रमुख गृहमा

हेटौडा न्युज
७ मंसिर २०७७, आईतवार १८:१३
;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटपछि तीन सुरक्षा निकाय प्रमुखहरु गृह मन्त्रालय पुगेका छन् । प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा सहभागी भएलगत्तै सुरक्षा निकायका तीन प्रमुख गृह मन्त्रालयमा पुगेका हुन् ।

आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख गृह मन्त्रालय पुगेका हुन् ।

प्रधानमन्त्रीले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा गणेश अधिकारीसंग आज नै छलफल गरेका थिए ।

यद्यपी सुरक्षा निकायका प्रमुखसँग के विषयमा कुराकानी भएको भन्ने विषय सार्वजनिक गरिएको छैन । चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफल नियमित प्रक्रिया रहेको जनाएपनि पार्टीभित्र विवाद रहेको बेला भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सो लगत्तै तीन सुरक्षा निकायका अधिकारी गृह मन्त्रालय पुगेका हुन् । गृह मन्त्रालय स्रोतले भेटघाटलाई नियमित भएको प्रतिक्रिया दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*