मकवानपुरमा ६ सय ७३ घरको छानो फेरीदैँ

हेटौडा न्युज
८ मंसिर २०७७, सोमबार ०९:१३
;

मकवानपुर । मकवानपुरमा ६ सय ७३ विपन्न परिवारको घरको छानो फेरीने भएको छ । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मकवानपुरका ६ सय ७३ परिवारको घरको छानो फेरिने भएको हो ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, राक्सिराङ, ईन्द्रसरोवर, भिमफेदी र मकवानपुरगढी गाउँपालिकामा ६ सय ७३ घरमा खरको छानो विस्तापित गरेर जस्ताको छानो लगाईने भएको हो ।

आईतबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका ६ सय ७३ लाभग्राही सख्या निर्धारण भएको हो । आर्थिक वर्ष २०७६÷०७७ मै कार्यान्वयन हुनुपर्ने कार्यक्रम कोरोना भाईरस महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेकाले यस वर्ष निरन्तरता दिईएको हो ।

मकवानपुर क्षेत्र नम्बर २ का सांसद बिरोध खतिवडाको संयोजकत्वमा बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत हेटौंडा उपमहानगरपालिका क्षेत्रको वडा नम्बर १, ३, ११ र १९ मा १ सय घर, भीमफेदी गाउँपालिकामा ५० घर, कैलाश गाउँपालिकामा ७५ घर, मकवानपुरगढी गाउँपालिकामा ५० घर, मनहरी गाउँपालिकामा १ सय घर, राक्सीराङ गाउँपालिकामा १ सय ७३ घर र इन्द्रसरोवर गाउँपालिकामा २५ घर सुरक्षित नागरिक आवास निर्माणकालागि निर्धारण गरिएको छ ।

उक्त कार्यक्रम अन्तर्गत पालिकाका अतिविपन्न, गरिब र भुकम्प पुननिर्माणमा नपरेका परिवारले मात्र यो सेवा प्राप्त गर्ने छन् । बैठकमा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यविधिको संसोधन तथा यसका व्यवस्थाका बारेमा जानकारी दिनुका साथै सो सम्बन्धमा छलफल समेत भएकोे थियो ।

बैठकले कार्यविधिमा उल्लेख भए बमोजिम आर्थिक वर्ष २०७६÷०७७ को क्रमागत कैलाश, मकवानपुरगढी र मनहरी गाउँपालिकामा छनौटको निर्णय हुन बाँकी लाभग्राही छनौट गर्न तथा आव २०७७÷०७८ मा स्बीकृत संख्याको लाभग्राही छनौटका लागि १५ दिने सुचना जारी गरेर सर्वेक्षण विवरण तयार गरी सघन शहरी तथा भवन कार्यालयमा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*