जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
बाग्लुङ । बाग्लुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा डेढ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा बडिगाड गाउँपालिका–६ की अन्दाजी २३ वर्षीया टेकमायाँ श्रीष र उनकी डेढ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ । मृतक बालिकाको परिचय नखुलेको प्रहरीले जनाएको छ ।
बडिगाड–६ सुडखुडीबाट खौलारा बजार आउँदै गरेको लु १ ज ४३७० नम्बरको जिप सडकबाट सात सय मिटर तल खसेको हो। सडकमा रोकी राखेको जीप एक्कासि गुडेपछि सडकबाट तल खसेको प्रहरीले जनाएको छ।
सोही जीपमा सवार मनकुमारी रोक्का गम्भीर घाइते छन्। उनलाई उपचारका लागि बडिगाड पोली क्लिनिकमा पुर्याईएको छ।










