राक्सिराङमा अस्पताल निर्माणका लागि जिससको ५० लाख
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान सहयोग प्राप्त भएको छ । जिल्ला समन्वय समिति मकवानपुरले असपताल निर्माणका लागि सो रकम अनुदन सहयो प्रदान गरेको हो ।
राकिसराङ–५ ठाडेचुरीमा असपतल निर्माणक लागि जिससले अनुदान रकम सहयोग गर्ने भएको हो ।
जिसस मकवानपुरको ७० औं बोर्ड बैठकले गाउँपालिकामा अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।
जिससमा मौजदात कोषबाट ५० लाख रुपैयाँ अनुदान सहयोग गर्न लागिएको जिसस मकवानपुरले जनाएको छ । मौजादकोषबाट कोष सञ्चालन निर्देशिका बमोजिम गाउँपालिकासंगको लागत साझेदारीमा कार्य हुनेगरि अनुदान रकम उपलब्ध गराईने जिसस प्रमुख रघुनाथ खुलालले बताए।










