हेटौंडाबाट सांसद दिपक मनाङ्गेको श्रीमती पक्राउ

हेटौडा न्युज
१० मंसिर २०७७, बुधबार १६:३१
;

मकवानपुर । गण्डकी प्रदेशको प्रदेश सभा सदस्य दिपक मनाङ्गेको श्रीमतीलाई मकवानपुरबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले संसद राजीव गुरुङ (दिपक मनाङ्गे) को श्रीमती ३४ बर्षीया दिक्षेन लामालाई पक्राउ गरेको जनाएको हो ।

जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी अनुसार लामालाई हिजो मंगलवार हेटौंडाबाट पक्राउ गरीएको हो । हेटौंडा–१२ मा माइतीमै बस्दै आएकी उनलाई चोरी मुद्दामा फरार भएकी भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार लामालाई पक्राउ गरी कास्की पठाइएको छ ।

लामाले बुहुमुल्य धातुबाट बनेको मुर्ति चोरेको भन्दै जिल्ला अदालत कास्कीमा चोरी सम्बन्धी मुद्धा दर्ता भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*