मामाघरको बगैंचा निर्माण गर्न एक लाख

हेटौडा न्युज
१० मंसिर २०७७, बुधबार १७:४७
;

मकवानपुर । मामाघर नेपाल मकवानपुरको बगैंचा निर्माणका लागि एक लाख सहयोग प्राप्त भएको छ । सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्यमा सक्रिय मामाघर नेपालको हेटौंडा–११, डाङडुङेस्थित नवनिर्मित भवन परिसरमा बगैंचा निर्माण गर्न सो रकम सहयोग प्राप्त भएको हो ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८, मण्डिखाटार निवासी सुमन अधिकारीले आफ्नी आमा लक्ष्मी अधिकारीको स्मृतिको अवसरमा मामाघरमा बगैंचा निर्माणका लागि रकम सहयोग गरेका हुन्।

नवनिर्मित भवन परिसरको मूल प्रवेशद्वार, बाँकी पर्खाल र पालेघर स्थानीय सुदर्शन अधिकारीले निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*