काठमाडौंमा सभा, जुलुस नगर्न प्रशासनको निर्देशन

हेटौडा न्युज
१६ मंसिर २०७७, मंगलवार १४:१५
;

काठमाडौं । काठमाडौंमा सभा, जुलुस र भिडभाड हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र भिडभाड हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको हो ।

प्रशासनले आज एक विज्ञप्ती जारी गर्दै कारोना महामारी अझ बढ्दै गएकाले तत्कालका लागि भिडभाड हुने कुनै पनि काम नगर्न निर्देशन दिएको हो ।

स्थानीय प्रशासनको नियम उल्लंघन गरेर सभा, जुलुस, प्रदर्शन वा अभियानका नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिनेजनाइएको छ ।

राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*