स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौँ । भत्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिका–४ एसएस चोकमा सोमबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७३ प ३८२ नम्बरको स्कुटर अनियन्त्रित भइ ट्राफिक आइल्यान्डमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक मध्यपुर थिमि–९ राधेराधेका २९ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।
दुर्घटनाबाट सख्त घाइते तामाङको मध्यपुर अस्पताल थिमिमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि नर्भिक अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याइएका तामाङलाई सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।










