जिसस मकवानपुरद्वारा थाहा नगरपालिकाको अनुगमन

हेटौडा न्युज
१९ मंसिर २०७७, शुक्रबार ०९:०८
;

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले थाहा नगरपालिकाको अनुगमन गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल नेतृत्वको टोलीले बिहीबार उत्तरी क्षेत्रको थाहा नगरपालिकाको अनुगमन गरेको हो ।

टोलीले चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगतिका बारेमा अनुगमन गर्नुका साथै समिक्षिा गरेको छ ।

टोलीले चालु आर्थिक वर्षमा स्थानीय तहहरुमा गर्नुपर्ने कामहरु सम्पन्न भए÷नभएको साथै अघिललो आर्थिक वर्षमा आइपरेका समस्याका बारेमा जानकारी लिएको छ ।

मुलत पहिलो चोमासिकमा लागत स्टिमेट तयार, उपभोत्ता समिति गठन, सम्झौता प्रकृया आदि भए÷नभएको बारेमा अनुगमन गर्नुका साथै समिक्षा गरिएको जिसस मकवानपुरले जनाएको छ ।

अनुगमन टोलीलाई थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट र प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले हालसम्मको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

सो नगरपालिकामा चालु आर्थिक वर्षमा उपभोत्ता समिति गठन, योजना सम्झौता सम्पनन भएर १५ वटा योजना सम्पन्न भईसकेको जानकारी दिईएको छ ।

कार्यक्रममा थाहा नगरपालिकाका मेयर लबशेर बिष्टले चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा सबै योजनाहरु सम्पन्न गर्ने गरि कार्य अगाडी बढाईएको जानकारी दिए ।

उनले असारे विकासको परिपाटिलाई अन्त्य गर्नेगरि काम अगाडी बढाईएको बताए ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, चित्रबहादुर बलामी, समन्वय अधिकारी आनन्दराज पोखरेल लगायतकाको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*