आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

हेटौडा न्युज
२० मंसिर २०७७, शनिबार ०८:४३
;

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै छ ।नेपालमा सन् १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ ।

सन् २०२० को समाजसेवा दिवसको परिवेश निकै फरक छ । कोरोना कहरले त्रस्त विश्वका सबै कुरनाकाप्चाहरु कोरोना विरुद्धको लडाँईमा एैक्यवद्ध छन् अनि यस अवस्थामा स्वंसेवकहरुको स्वंसेवाको महत्व झनै बढेर गएको छ ।

सन् १९२७ अघि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो । त्यसबेलाको पारम्परिक चलनअनुसार अहिले पनि भूकम्प, बाढी–पहिरो र अरु प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ ।

हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ । सदस्य राष्ट्रहरु लगायत संसारभर नै यसदिन विभिन्न कार्यक्रम गरेर स्वयंसेवक दिवस मनाउने चलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*