बुटवलमा गोली चल्दा एक जना घाइते

हेटौडा न्युज
२१ मंसिर २०७७, आईतवार ११:१८
;

बुटवल । बुटवलको एक होटलमा गोली चल्दा एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–७ स्थित एक होटलमा गोली चल्दा एक जना घाइते भएका हुन्।

गैंडाको खागसहित मानिस बसेको भनने विशेष सुराकीको आधारमा प्रहरी पुगेपछि गोली चलेको हो।

बुटवलको सुख्खानगरको कलश होटलको कोठा नम्बर ५ मा बसेका तस्कर समूहलाई पक्राउ गर्न पुगेको प्रहरीकै हतियार खोसेर गोली हान्दा एक जना घाइते भएको जनाइएको छ ।

तस्कर र प्रहरीबीच घम्साघम्सी भएपछि तस्करको समूहले हतियार खोसेर प्रहरीलाई गोली हान्दा उनकै समूहका राकेश न्यौपानेलाई गोली लागेको हो।

उनी गम्भीर घाइते भएको प्रहरीले बताएको छ। घटनास्थलबाट प्रहरीले अन्य दुईजनालाई नियन्त्रणमा लिएको छ भने एक जना फरार भएका छन्।

घटनाको थप विवरण आउन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*