दुर्घटनामा प्रहरीको मृत्यु
चितवन । चितवमा सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार प्रहरी जवानको मृतयु भएको हो ।
आइतबार बेलुकी करिव ८ः २० बजे राप्ती नगरपालिकाको कालिका पम्प अगाडि ना ६ ख ३३८१ नम्बरको ट्याक्टरले ना ३७ प ५५४५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृतयु भएको हो ।
मृतयृ हुनेमा ईलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी जवान सुजन न्यौपाने रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।










