मकवानपुरमा नवीकरण छैनन् अधिकांश हातहतियार

हेटौडा न्युज
२३ मंसिर २०७७, मंगलवार १६:३८
;

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएका हातहतियार मध्ये १२ वटाको मात्र नविकरण भएको छ । हालसम्म दर्ता भएका हातहतियारमध्ये आर्थिक वर्ष २०७७÷७८ मा १२ वटाको मात्र नविकरण भएको हो ।

जिल्लाभर प्रशासनको तथ्याङ्क अनुसार अनुमतिप्राप्त कूल ६४ वटा हातहतियार दर्ता छन् । तीमध्ये सबैभन्दा बढी २२ बोरको राइफल १८ थान छन् ।

कार्यालयका अनुसार अधिकांश हातहतियार आर्थिक वर्ष २०७७÷७८ सम्म पूर्णरूपमा नवीकरण नगरिएको पाइएको हो ।

तथ्याङ्कअनुसार अधिकांश हातहतियार वर्षौँदेखि नवीकरण भएको देखिँदैन । समय–समयमा हातहतियार नवीकरण गर्न हातहतियार दर्तावालाले आवश्यक प्रक्रिया पूरा गर्न नआउँदा लामो समयदेखि हातहतियार नवीकरण नगर्नेको सङ्ख्या धैरै देखिएको हो ।

प्रशासनमा दर्ता रहेको कुल ६४ हातहतियारमध्ये १२ बोर दुईनाले बन्दुक सात थान, १२ बोर दुईनाले टोटावाल बन्दुक एक थान, २२ बोरको बन्दुक पाँच थान, एकनाले १२ बोरको टोटावाला बन्दुक एक थान, भरुवा एकनाले बन्दुक एक थान, हावादारी बन्दुक पाँच थान, १२ बोरको एकनाले स्वचालित एक थान, १२ बोरको दुईनाले बन्दुक एक थान रहेका छन् ।

यसैगरी तथ्याङ्कअनुसार भरुवा एकनाले एक थान, २२ बोर टुटु राइफल एक थान, १२ बारेको एकनाले बन्दुक दुई थान, स्पिङ्ग फिल्डको राइफल एक थान, इण्डियन १२ बोरको दुईनाले छर्रावाला बन्दुक एक थान, १२ बोरको दुईनाले बन्दुक चार थान, १२ बोरको बन्दुक एक थान, भरुवा बन्दुक पाँच थान, १६ बोरको दुईनाले बन्दुक एक थान, एकनाले बन्दुक एक थान, २२ बोरको एकनाले बन्दुक तीन थान, २२ बोरको टुटु एकनाले बन्दुक दुई थान र टुटु एक थान रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*