आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ
दैलेख । आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। दैलेखमा १४ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपी ती पुरुषले छोरीलाई बलात्कार गरेका थिए ।
ती पुरुषले गत शुक्रबार दिउँसो करीब साढे चार बजेको समयमा घरमा कोही नभएको मौका छोपी ललाई–फकाई आफ्नै छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जननकारी दिएको छ ।
पक्राउ परेका पुरुषमाथि दैलेख जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जनइएको छ ।











