राक्सिराङमा २ सय २० बिघा अबैध गाँजा खेती फडानी
मकवानपुर । मकवानपुरका विभिन्न स्थानमा लगाइएको अबैध गाँजा खेती फडानी गरी नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागु औषध नियन्त्रण ब्यूरोबाट संयुक्त प्रहरी टोलीले मकवानपुरका विभिन्न स्थानमा लगाइएको अबैध गाँजा खेती फडानी गरी नष्ट गरिएको हो ।
गत मंसिर ८ गतेदेखि २४ गतेसम्ममा सो टोलीले २ सय २० बिघा क्षेत्रफलको गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाका अनुसार ८६ जनाको प्रहरी टोलिले राक्सिराङ गाउँपालिकाको विभिनन वडामा लगाइएको गाजा फडानी गरि नष्ट गरिएको हो ।
उनका अनुसार राक्सिराङको २,३,४,५,८ र ९ नम्बर वडाको अठारे धस्राङ, गेजुराङ्, कर्लिङ, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलासे, धुरकोट, माइसिराङ, स्वारा गेजुराङ, वाङ्चिङ, तरलिङ,लोच्यो र देविटार गरी कूल २ सय २० बिघा लागु औषध गाँजा खेति फडानी गरी नष्ट गरिएको हो ।










