पत्रकार महासंघ मकवानपुरद्वारा ३ जना पत्रकारलाई सम्मान
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले ३ जना पत्रकारहरुलाई सम्मान गरेको छ । आज भएको महासंघको १६ औं वार्षिक साधारण सभाको अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका ३ जना जेष्ठ पत्रकारहरुलाई नगद रु ८ हजार र प्रशंसापत्रसहित सम्मान गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बहादुर बानियाँको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
राष्ट्रिय समाचार समितिका समाचारदाता कृष्णराम परियार, प्रयास साप्ताहिकका प्रकाशक कौशल पाण्डे र संचारकर्मी खेम बोलखेलाई महासंघ मकवानपुर शाखाले सम्मान गरेको हो ।
त्यसैगरी पत्रकार महासंघ मकवानपुरले जेष्ठ पत्रकारहरुका लागि स्थापना गरेको पेन्सन कोषमा सहयोग गरेको भन्दै
हेटौंडा उपमहानगरपालिकालाई प्रशंसापत्र प्रदान गरिएको छ ।










