मिनी ट्रक दुर्घटना हुदाँ २ जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा मिनी ट्रक दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभञ्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
ना २ क ३२३ नम्बरको ट्रक सडकबाट दुई सय मिटर तल खस्दा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिन्धुलीका मनिष कार्की र वर्षीय मानकुमार माझी रहेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










