मकवानपुरमा पाँच महिनामा सवारी दुर्घटनामा २७ को मृत्यु

हेटौडा न्युज
२ पुष २०७७, बिहीबार १७:२८
;

मकवानपुर । मकवानपुरमा चालु आर्थिक बर्षको श्रावणदेखि मंसिरसम्मको अवधिमा १ सय ७ वटा सवारी दुर्घटना भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार ५ महिनाको अवधिमा भएको सवारी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १९ जना पुरुष, २ जना महिला र २ जना बालबालिका रहेका छन् ।

प्रहरीका अनुसार मंसिर महिनामा मात्र सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । उनीहरुको पुर्ण विवरण आइसकेको नसकेको जनाइएको छ ।

त्यस्तै श्रावण यता सवारी दुर्घटनामा परी १ सय १ जना गम्भिर घाइते भएका छन् भने ७४ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी मकवानपुरले जनाएको छ ।

श्रावण महिनामा १७ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १३ जना गम्भिर घाइते र ८ जना सामान्य घाइते भएका हुन ।

यसैगरी, भदौं महिनामा ८ सवारी दुर्घटना ६ जना गम्भिर घाइते र ७ जना सामान्य घाइते भएका छन् । भदौ महिनामा दुर्घटना परी मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

त्यस्तै, असोज महिनामा ३५ सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । जसमा ३१ जना गम्भिर घाइते भएका छन् भने २९ जना सामान्य घाइते भएका हुन् ।

त्यस्तै कार्तिक महिनामा २४ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना गम्भिर र २० जना सामान्य घाइते भएका छन् ।

मंसिर महिनामा २३ दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २३ जना गम्भिर र १० जना सामान्य घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*