हेटौंडाबाट लागूऔषध गाँजासहित २ जना पक्राउ
मकवानपुर । हेटौंडाबाट अवैध लागूऔषध गाँजासहित २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्हरी कार्यालय पशुपतिनगर, मकवानपुरका अनुसार करिब १० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ कुडेली बस्ने १९ वर्षीय मुकेश चेपाङ र सोही गाउँपालिका–१ बस्ने २५ वर्षीय राजकुमार गोले रहेका छन् ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट उनीहरुलाई पक्राउ गरेको हो ।
आइतबार बा ३३ प ५६२५ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त परिणामको लागूऔषध फेला परेको थियो ।
पक्राउ परेका उपर आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाइरहेकोको प्रहरीले जनाएको छ ।










