बलात्कार अभियोगमा मकवानपुरका विक पक्राउ

हेटौडा न्युज
७ पुष २०७७, मंगलवार १७:३७
;

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरको हो ।

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–८ स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका–८ टाउनप्लानिङ बस्ने ३३ वर्षीय बिमल बहादुर बिक रहेका छन् ।

उनलाई महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, महिलालाई जबरजस्ती करणी गरेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*