दाङका १२ जनाको विदेशमा मृत्यु

हेटौडा न्युज
८ पुष २०७७, बुधबार १५:४८
;

घोराही । दाङबाट वैदेशिक रोजगारीका लागि विदेश पुगेका १२ जनाको मृत्यु भएको छ । पाँच महिनाको अवधिमा विदेश पुगेका उनीहरुको सवारी दुर्घटना, कार्यस्थलमा दुर्घटना र बिरामी भएर मृत्यु भएको हो ।

सुरक्षित आप्रवासन सामी परियोजना दाङका अनुसार मृतकहरु मध्ये ६ जनाको परिवारले एक करोड १३ लाख रुपैयाँ क्षतिपूर्ति समेत पाएको छ ।

अन्य ६ जना मृतकको हकमा भने क्षतिपूर्तीको पहल भैरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*