ट्रक पल्टिँदा एकको मृत्यु
दोलखा । दोलखामा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ट्रक पल्टिदा चितवनको राप्ती नगरपालिका ९ रसौलीका बुद्धिबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
भीमेश्वर नगरपालिका ५ मा ना ७ ख ३२६८ नम्बरको ट्रक पल्टिदा चालक अर्जुन बराल घाइते भएको दोलखा प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक बरालको चरिकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










