नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ सय नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ८ सय ३ जना पुगेको हो ।
यसअघि मंगलबार ३ जना संक्रमितको मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ ।
यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९० हजार ७ सय ४० पुगेको छ ।










