पोखरामा थप दुई कोरोनमा संक्रमितको मृत्यु

हेटौडा न्युज
९ पुष २०७७, बिहीबार १४:१८
;

काठमाडौं । पोखरामा थप दुई कोरोनमा संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका–५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका–१ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*