सुदूरपश्चिममा थप एक कोरोना संक्रमितको मृत्यु
धनगढी । सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल अछाममा उपचाररत साँफेबगर नगरपालिका–४ का ७४ वर्षीय पुरूषको मृत्यु भएको हो ।
पुस ६ गते कोरोना पुष्टि भएका ती पुरुषको बुधबार मृत्यु भएको हो ।
उनलाई नियमित अक्सिजन सहितको उपचार दिए पनि ज्यान बचाउन नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डाक्टर मनोज विष्टले बताए ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या ४८ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।










