१४ वर्षीया बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

हेटौडा न्युज
१० पुष २०७७, शुक्रबार १३:३९
;

बर्दिया । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–२, लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

बारबर्दिया नगरपालिका–१, जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा ती बालिकालाई उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरेहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*