थप ६ सय ८ जनामा कोरोना पुष्टि, ८ सय ९२ जना डिस्चार्ज

हेटौडा न्युज
१० पुष २०७७, शुक्रबार १६:५१
;

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४८ हजार २९२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार एक सय ४२ जनाको पीसीआर परीक्षण भएकोमा ६ सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्यना १८ सय १६ पुगेको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ९२ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*