हेटौंडामा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते, ७ को अवस्था गम्भिर
मकवानपुर । हेटौंडामा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
हेटौंडाबाट राक्सिराङ गाउँपालिका–१ ठूलो भाबर जाँदै गरेको ग १ ज ७२८९ नम्बरको बोलेरो हेटौंडा–१९ नेवारपानीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।.घाइतेहरुमध्ये २ जना सामान्य र ७ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुको परिचय भने खुल्न बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।










