बलात्कार अभियोगमा मकवानपुरका एक जना पक्राउ
मकवानपुर । अशक्त महिलामाथि करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–७ कि एक अशक्त महिलामाथि करणी गरेको अभियोगमा प्रहरीले ६२ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बलात्कृत महिलाको ठुलो बुबा नाता पर्ने ६२ वर्षीय परुषलाई पक्राउ गरिएको हो ।
गत पुस २ गते घरमा कोहि नभएको मौका छोपी ति पुरुषले एक हात र एक खुट्टा (प्यारालाईसिस) भएकी पीडित २१ वर्षिय युवतिलाई खुट्टा निको पार्ने भन्दै करणी गरेका थिए ।
पीडित युवती बोल्न समेत समस्या रहेको कारण घटना गत शुक्रबारमात्र थाहा भएपछि प्रहरीले जनाएको छ ।
शुक्रबारनै ति पुरुषलाई पक्राउ गरि सात दिन म्याद थप गरेको प्रहरीले जनाएको छ ।










