मनहरी गाउँपालिकाकी उपाध्यक्षको राजीनामा स्वीकृत
मकवानपुर । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको राजीनामा स्वीकृत भएको छ । गाउँपालिका अनुसार विष्टको राजीनामा पुस १७ गते शुक्रबार स्वीकृत भएको हो ।
बिष्टले गाउँपालिकाको अध्यक्ष तथा कर्मचारीबाट पछिल्लो डेढ बर्षदेखि अपमानित हुनुपरेको गुनासो गर्दै राजीनामा बुझाएकी थिइन् ।
यसअघि उपाध्यक्ष बिष्टले पदबाट राजीनामा दिइएको समाचार प्रकाशित भएको थियो । तब सो समाचारमा कुनै पनि सत्यता नभएको भनि उपाध्यक्ष बिष्टले खण्डन गरेकी थिइन् ।
तर, गत शुक्रबार बिष्टको राजीनामा स्वीकृत भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।










