स्थानिय कृषकलाई प्राथमिकतामा राखेर काम गर्छुः मेयर महत

हेटौडा न्युज
२५ पुष २०७७, शनिबार १३:३५
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्थानिय कृषकहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । मकवानपुर कुखुरा व्यावसायीसंघको १४ औं साधारण सभा तथा चौथो बिशेष अधिवेसनको आज उद्घाटनमा मेयर महतले कृषि क्षेत्रको विकासका लागि स्थानिय कृषकको समस्यालाई ध्यानमा राखेर काम गर्ने बताएका हुन् ।

उनले आफैले पनि घरमा कुखुरा पालन गरिरहेको स्मरण गर्दै कृर्षि क्षेत्रका समस्या बुझेको बताएका हुन् । उनले कृर्षि क्षेत्रमा विदेशी लगानी भित्रन नदिने पनि बताए ।

मकवानपुरका कुखुरा व्यावसयाी संघका लागि स्थानीय सरकारले जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कुखुरा व्यावसायी संघले आज साधारण सभाका अवसरमा पत्रकार महासंघ मकवानपुरले स्थापना गरेको जेष्ठ पत्रकार पेन्सन कोषका लागि ५१ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष राजु अधिकारी र कार्यक्रमका प्रमुख अतिथी उपमहानगरपालिकाका मेयर महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा कान्तिपुर दैनिक मकवानपुरका संबाददाता सुवास विडारी, समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ र तुखवर डटकमका सम्पादक गिरीजा अधिकारीलाई संघले नगद रकम सहित सम्मिान गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*