जन्ती बोकेको जिप दुर्घटना
गुल्मी । गुल्मीमा जिप दुर्घटना भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ खर्क नजिकैको ओरालोमा जन्ती बोकेको जिप दुर्घटना भएको हो ।
कालीगण्डकी गाउँपालिका–२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप दुर्घटना भएको हो ।
घटनास्थलतर्फ पूर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको जनाइएको छ भने घटना बारेमा विस्तृत विवरण आउँन बाँकी छ।










