आक्रमक व्यापार गर्दै विजयको ‘मास्टर’

हेटौडा न्युज
१ माघ २०७७, बिहीबार १४:१५

साउथ ईन्डियन स्टार थलापति विजयको चलचित्र ‘मास्टरले’ले आक्रमक व्यापार गरेको छ । विजयको एक्सन थ्रीलर फिल्म ‘मास्टरले’ प्रर्दशनको पहिलो दिनमै बक्स अफिसमा आक्रमक व्यापार गरेको हो ।

फिल्मले पहिलो दिनमै वर्ल्डवाइड ४० करोड रुपैयाँ भन्दा बढी कलेक्सन गरेको जनाइएको छ ।

लोकेश कनागराजको निर्देशनमा बनेको फिल्ममा थालापती विजय र विजय सेतुपतिको मुख्य अभिनय रहेको छ ।

कोरोना माहामारीको चपेटामा परेका बेला पूरै भारतमा बम्पर ओपनिङ गर्ने यो पहिलो फिल्म बनेको छ ।

फिल्म बुधवार तमिल, तेलुगु र कन्नडमा रिलिज भएको थियो भने हिन्दी भर्जन विहीवार सिनेमाघरमा प्रदर्शनमा आएको छ।

फिल्मले तमिलनाडुमा मात्रै २३ करोड रुपैयाँभन्दा बढी कमाएको छ भने केरल र कर्नाटकमा ३÷३ करोड रुपैयाँ भन्दा बढीको कारोवार गरेको छ।

तेलंगाना र आन्ध्र प्रदेश क्षेत्रमा मास्टर को कमाई ४.५ करोड भन्दा बढी रहेको छ भने देशका अन्य भागमा लगभग १.५ करोड रुपैयाँ भन्दा बढीको कारोवार भएको बताइएको छ।

ओवरसीज मार्केटबाट फिल्मले ४ करोड रुपैयाँ बढी कलेक्सन गरेको छ।

Vijay the Master – Official Trailer | Anirudh Ravichander | Vijay | Malavika

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*