गोरु जुधाइ कार्यक्रममा स्वयंसेवक घाइते
नुवाकोट । नुवाकोटको गोरु जुधाइ कार्यक्रममा झडप भएको छ । नुवाकोटको तारुकास्थित गोरुजुधाइ कार्यक्रममा झपड भएको हो ।
झपडका क्रममा स्थानीय युवा घाइते भएको जनाइएको छ ।
कार्यक्रममा स्वयंसेवकको काम गरिरहेका युवामाथि भीडबाट अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको थिए । ढुंगाले लागेर उनको टाउकोमा चोट लागेको छ ।
ढुंगा हान्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गर्दै पीडित पक्षले नाराबाजी गरेपछि कार्यक्रम अवरुद्ध भएको छ ।










