रुपन्देहीमा ५ वर्षीया बालिकामाथि बलात्कार

हेटौडा न्युज
२ माघ २०७७, शुक्रबार १२:४८
;

रुपन्देही । रुपन्देहीमा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१२ पटना घर भइ तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने २८ वर्षीय होमबहादुर विक रहेका छन् ।

प्रहरीका अनुसार विकले ५ वर्षीया बालिकामाथि बलात्कारका साथै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाका परिवारका सदस्यले दिएको उजुरीका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी विकलाई पक्राउ गरेको हो ।

पीडित बालिकाको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल भर्ना गरिएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

पक्राउ परेका विकमाथि भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*