नेपालमा कोरोनाविरुद्धको खोप प्रयोग गर्न अनुमति
मकवानपुर । नेपालले पहिलो पटक कोरोना खोप प्रयोगका लागि अनुमति पाएको छ । औषधि व्यवस्था विभागले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको हो ।
कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको लागि विभागले अनुमति दिएको हो ।
विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।
उक्त खोप अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको भारतीय संस्करणको खोप हो ।
यससँगै अब नेपालमा खोप कोरोनाको खोप ल्याउन बाटो खुलेको छ ।










