काठमाडौंमा साढे २ वर्षीया बालिका बलात्कृत
काठमाडौं । काठमाडौंको काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिका बलात्कारको आरोपमा १४ वर्षीय किशोरलाई पक्राउ गरीएको हो ।
बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बलात्कार गरेका हुन् । गत सोमबार बालिका बलात्कार गरेको सूचना आएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले किशोरलाई पक्राउ गरेको थियो ।
बलात्कार आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।










