हेटौंडा जेसीजको अध्यक्षमा बस्नेत निर्वाचित
मकवानपुर । हेटौंडा जेसीजको अध्यक्षमा लिसेन बस्नेत निर्वाचित भएका छन् । हेटौंडा जेसीजको शनिबार भएको निर्वाचनमा बस्नेतले ६४ मतका साथ विजय हासिल गरेका हुन् ।
उनले ६४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी सुधीर दाहालले ४९ मत प्राप्त गरे ।
वर्ष सन् २०१२ मा जेसीज यात्रा सुरु गरेका बस्नेतले २०१३ मा हेटौंडा जेसीजको जन आवाज संयोजकको भुमिका सफल रुपमा निर्वाह गरे ।
आफुमा नेतृत्व गर्ने क्षमतालाई निर्खादै सन् २०१४ मा उनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए तर निर्वाचनमा भने उनले सफलता हात पार्न सकेनन् ।
मेहनतले गरे सफलता मिल्छ भन्ने विचार बोक्ने बस्नेतले त्यस बर्ष जेसीजको कार्यक्रमहरुमा सक्रिय सहभागी भए । जेसीजको उचाइ उच्च राख्दै बस्नेतले सन् २०१५ मा पुनः उपाध्यक्ष पदमा दावी गरे, यस पटक भने उनले निराश हुनु परेन ।
सन् २०१५ को निर्वाचनमा उपाध्यक्षमा विजय भएका बस्नेत सन् २०१६ मा हेटौंडा जेसीजको शाखा सम्पादक बने । शाखा सम्पादको भुमिका सफल रुपमा निर्वाह गर्दै सन् २०१७ मा हेटौंडा जेसीजको महासचिव र सन् २०१८ मा कोषध्यक्षको जिम्मेवारी प्राप्त गरे ।
सरल अनि सहज स्वभावका बस्नेतले सन् २०१९ मा हेटौंडा जेसीजका सदस्यहरुको मन र मत जिर्दै कार्यकारी उपाध्यक्षमा निर्वाचत भए । कार्यकारी उपाध्यक्षको जिम्मेवारी पनि सफलता हात पारेका बस्नेत सन् २०२० मा हेटौंडा जेसीजको अर्थ वृद्धि संयोजकको रुपमा काम गरे ।
जेसीजका हरेक प्रक्रिया पार गरेका उनै बस्नेतले बर्ष सन् २०२१ को लागि हेटौंडा जेसीजको नेतृत्व गर्ने छन् ।










